अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

अछाम :अछामको साँफेबगर नगरपालिका–१४, पातलकोटमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
सोमबार बिहान वडा स्तरीय दलित सञ्जालको भवन मर्मत गर्ने क्रममा करेन्ट लाग्दा ४५ वर्षीय वीरे साउँदको ज्यान गएको वडा अध्यक्ष सञ्जु थापाले जानकारी दिएका छन्।
वडाको कार्यालय नजिक रहेको भवनमा कर्कटपाता फेरिरहँदा विद्युतको मेन लाइनमा पुरानो पाता छोइएपछि करेन्ट लागेको थियो। घटनाका बेलामा वर्षा भइरहेकाले थप जोखिम भएको मृतकका भतिजा शंकर साउँदले बताएका छन्। मृतक साउँद मिस्त्रीको रूपमा काम गर्दै आएका थिए।
वडाध्यक्ष थापाका अनुसार सो भवन मर्मतका लागि वडा कार्यालयबाट ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
गत वर्ष पनि सोही स्थानमा करेन्ट लागेर एक जनाले ज्यान गुमाएका थिए। लगातार दोस्रो वर्ष भएको घटनाले स्थानीय स्तरमा विद्युत् सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया