Hikmat Acharya
  • १७ असार २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममै न्यूनतम बेरुजु, पञ्चदेवललाई महालेखा कार्यालयबाट सम्मान


अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका महालेखा परीक्षकको कार्यालयबाट सम्मानित भएको छ। आर्थिक सुशासन र पारदर्शिता कायम गर्दै प्रभावकारी सेवा प्रवाहमा योगदान पुर्‍याएको भन्दै महालेखा परीक्षक कार्यालय, काठमाडौँले पञ्चदेवल विनायक नगरपालिकालाई प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरेको हो।

महालेखा परीक्षकको कार्यालयको ६७ औँ बार्षिकोत्सव कार्यक्रमका अवसरमा हिजो यो निर्णय भएको बताईएको छ । कार्यक्रममा महालेखा परीक्षक कार्यालयले आन्तरिक लेखापरीक्षण, सार्वजनिक लेखा प्रणालीको प्रभावकारिता, पारदर्शिता र जवाफदेहिताका आधारमा उत्कृष्ट अभ्यास गर्ने निकायहरुलाई सम्मानित गरेको हो।

गएको आर्थिक बर्षमा सुदूरपश्चिममै सवैभन्दा कम बेरुजु हुने पालिकाका रुपमा छनोट भएको थियो ।

सम्मानित निकायहरूमा संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न सरकारी निकायहरूसँगै पञ्चदेवल विनायक नगरपालिकालाई पनि छानिएको हो। ‘

नगरपालिकाले आर्थिक अनुशासन, लेखा परीक्षणको पारदर्शिता, सेवा प्रवाहमा दक्षता, सूचना व्यवस्थापन लगायतका क्षेत्रमा उत्कृष्टता देखाएको बताईएको छ ।

नगरको प्रशासकीय अधिकृत तथा लेखा शाखाको समन्वय र जनप्रतिनिधिको जिम्मेवारीपूर्वक कामको परिणामस्वरूप यो उपलब्धि हात परेको नगरप्रमुख अम्बिका चलाउनेले बताएकी छन् ।

यसले आगामी दिनमा अझ राम्रो कार्यसम्पादन गर्न थप प्रेरणा मिलेको नगरपालिकाका लेखा प्रमुख लोक बहादुर चलाउनेले बताएका छन् ।


क्याटेगोरी : पालिका, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode