Hikmat Acharya
  • १९ साउन २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

महाकाली नदीमा पानीको बहाव बढ्यो, सारदा ब्यारेजमा सवारीसाधनमा रोक


कञ्चनपुर : लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज हुँदै हुने चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षाका कारण यस्तो निर्णय गरिएको हो।

‘शनिबार महाकालीमा बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारी बन्द गरिएको हो,’ उनले भने।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode