Hikmat Acharya
  • १७ असार २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

रहेनन् समाजवादी नेता रावल !


अछाम : नेकपा (एकीकृत समाजवादी) अछामका नेता तथा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ निवासी टेक बहादुर रावलको निधन भएको छ।

५३ वर्षीय रावलको आज दिउँसो बयालपाटा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

बिहान छाती दुखेको भन्दै उनी उपचारका लागि अस्पताल गएका थिए। अस्पतालमा भर्ना गरिएको केही समयमै उनको दिउँसो करिब ४ बजेतिर निधन भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

स्वास्थ्यकर्मीको भनाई उदृत गर्दै परिवारजनले उनको निधन हृदयघातका कारण भएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीमा सक्रिय रावल अघिल्लो स्थानीय तह निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका–५, कालिकाबाट वडा अध्यक्ष पदका उम्मेदवार थिए।

राजनीतिसँगै सामाजिक सेवामा समेत सक्रिय रहेर स्थानीयस्तरमा योगदान पुर्‍याउँदै आएका रावलको असामयिक निधनले पार्टी, परिवार र गाउँ समाजलाई स्तब्ध बनाएको छ।

उनको अन्त्येष्टि भोलि कैलाशखोलामा गरिने परिवारजनले जनाएका छन्।


क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode