Hikmat Acharya
  • १७ असार २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

जातीय विभेद न्युनिकरणबारे अन्तरक्रिया कार्यक्रम जयगढमा सम्पन्न


अछाम : बान्नीगढी जयगढ गाउँपालिकामा जातीय विभेद न्युनिकरणका लागि सरोकारवालाबीच दुई दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।

दलित अगुवा रतन ओडको अध्यक्षतामा भएको कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष बिन्दु रावल रहेकी थिईन् । उनले समाजमा गहिरो रूपमा रहेको जातीय विभेदको अन्त्यका लागि व्यवहार परिवर्तन अत्यावश्यक रहेको बताइन्।

,”कानूनले विभेदलाई निषेध गरे पनि व्यवहारमा अझै धेरै सुधार आवश्यक रहेकोमा जोड दिदै उनले भनिन् यस्तो खालका कार्यक्रमले चेतना अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछ।”

उपाध्यक्ष रावलले गाउँपालिका स्तरमै विभेद न्यूनीकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको जनाउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढाइने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा सहजीकरण तथा प्रशिक्षण भीम जनाला र प्रकाश ताम्राकारले गरेका थिए। उनीहरूले जातीय समानता, सामाजिक समावेशिता र संविधानमा ग्यारेन्टी गरिएका गैर-भेदभावका अधिकारबारे जानकारी गराएका थिए।

कार्यक्रममा विभिन्न वडाबाट आएका दलित अगुवा, महिला प्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवाला व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode