Hikmat Acharya
  • १९ साउन २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा ८० वर्षीय वृद्ध मृत फेला, भान्जा पक्राउ


धनगढी : कैलालीमा एक वृद्ध मृत फेला परेका छन्।

बिहीबार लम्कीचुहा नगरपालिका–१ मा ८० वर्षीय नयाँराम जैशी मृत फेला परेका हुन्

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार जैशी भान्जा नाता पर्ने बर्मा भण्डारीको घरको आँगनमा मृत फेला परेका हुन्।

घटनाको अनुसन्धानका लागि भण्डारीलाई नियन्त्रणमा लिइएको डीएसपी सिंहले बताए।

‘शव अहिले पनि घटनास्थलमै छ,’ डीएसपी सिंहले भने, ‘मृतकका छोरा काठमाडौंबाट पुगेपछि मात्रै शव उठाउन भनिएको छ। शव परीक्षण बाँकी भएकाले मृत्युको कारण खुल्न सकेको छैन।’

डीएसपी सिंहका अनुसार मृतकको शरीरमा चोटपटक पनि छैन। तर, भान्जा नाता पर्ने भण्डारीसँग पहिलेदेखि नै विवाद भएकाले पक्राउ गरेर अनुसन्धान थालिएको डीएसपी सिंहले बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode