Hikmat Acharya
  • ३ साउन २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बयालपाटा अस्पतालमा डा. मन्दिपसहित ३४ जनालाई सम्मान


अछाम : जिल्लाको साँफेबगरमा रहेको बयालपाटा अस्पतालमा कार्यरत डा. मन्दिप पाठक सहित ३३ जनालाई सम्मान गरिएको छ।  एक कार्यक्रमका बिच डाक्टर पाठकक सहित अस्पतालमा कार्यरत ३३ जना कर्मचारीहरु लाई सम्मान गरिएको हो।

डा. पाठकले बिगत एक दशक देखि बयालपाटाा अस्पतालको नेतृत्व गर्दै दुर्गम क्षेत्रमा स्वास्थ्य उपचार सेवा प्रदान गरेको भन्दै सम्मान गरिएको अस्पतालले जनाएको छ। ग्रामिण समुदायमा गुणस्तरिय स्वास्थ्य सेवा पुर्याउने न्याय हेल्थ नेपालले लिएको लक्ष्य पुरा गर्न अटल समर्पण र उत्कृष्ट सेवाको कदर गर्दै उनलाई सम्मान गरिएको हो।

यस्तै अन्य ३३ जना कर्मचारीहरुलाई समेत न्याय हेल्थ नेपालद्धारा सञ्चालित बयालपाटा अस्पताल र सामुदायिक स्वास्थ्य कार्यक्रममा अनवरत रुपमा बिगत एक दशक देखि कार्यरत रहि पुर्याएको उमुल्य योगदानको उच्च मुल्यांकन गर्दै कदर पत्र प्रदान गरिएको छ।

नागरिकको स्वास्थ्य उपचार सेवा सुनिश्चत गर्न क्रियाशिल संस्थामा १० वर्ष पुरा गरेको भन्दै उनिहरुलाई सम्मान गरिएको हो।

सम्मानित हुने सबैलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँर र जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले खादा र कदर पत्र प्रदान गरेका थिए।

बुधबार भएको सामाजिक परिक्षण कार्यक्रमको अवसरमा उनिहरुलाई सम्मान गरिएको थियोे।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode