Hikmat Acharya
  • १७ असार २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

‘राजीनामा देऊ’ भन्ने मुख्यमन्त्रीलाई मन्त्री चौधरीको चुनौती : ‘बर्खास्त गरेर देखाउ’


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई राजीनामा दिन गरेको निर्देशन मन्त्रीले अस्वीकार गरेका छन् ।

मुख्यमन्त्री शाहले असार ३ गते फोनमार्फत चौधरीलाई पद छाड्न भनेका थिए । तर मन्त्री चौधरीले ‘सक्छौ भने बर्खास्त गरेर देखाउ’ भन्दै चुनौती दिएका छन् ।

मुख्यमन्त्री सचिवालयका अनुसार बजेट निर्माणमा वित्तीय अनुशासन पालना नगर्नु र खप्तड क्षेत्र पर्यटन समितिमा कार्यकारी नियुक्ति गर्दा जानकारी नदिनेजस्ता विषयमा असन्तुष्टि जनाइएको हो ।

चौधरी नागरिक उन्मुक्तिबाट जेठ ४ गते मन्त्री नियुक्त भएका हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रीले राजीनामा नदिने निर्णय पार्टीले गरिसकेको बताइन् ।

यता, मुख्यमन्त्रीका सल्लाहकार जीतु उपाध्यायले विषयमा गम्भीर छलफल जारी रहेको जानकारी दिए ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode