जनताको मुद्दाबाट एमाले टाढा हुन सक्दैन : केन्द्रीय सदस्य थापा

बाजुरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापाले नेकपा एमाले जनताको मुद्दाबाट टाढा रहन नसक्ने स्पष्ट पारेका छन् । प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले एमाले जनतामै केन्द्रीत रहेर अघि बढिरहेको बताए ।
एमाले केन्द्रीय संगठन विभागको निर्णयअनुसार सुदूरपश्चिमका ६ जिल्लाको पार्टी गतिविधिको स्थलगत अवलोकन तथा अनुगमनको जिम्मेवारी पाएका थापाले पछिल्लो समयमा भएका पार्टीगत क्रियाकलाप, जनसमस्या, स्थानीय तहमा देखिएका कमजोरी, जनसङ्गठन र संगठन सुदृढिकरणको अवस्था लगायतका विषयमा पत्रकारहरूलाई जानकारी गराए ।
उनले अनुगमन क्रममा संकलन गरिएका २१ बुँदालाई आधार बनाएर समग्र पार्टी रणनीति र सुधारका उपायबारे समेत सुझाव संकलन गरिएको उल्लेख गरे ।
“एमालेको केन्द्रदेखि तल्लो तहसम्म संगठन बलियो बनाउनुको साथै जनतासँग जोडिने कार्यलाई प्राथमिकतामा राखिएको छ,” उनले भने, “जनताको मुद्दाबाट पार्टी पछि हट्दैन ।”
उनले सुदूरपश्चिमका जिल्लामा पार्टीप्रति जनताको भरोसा अझ बलियो बनेको समेत दाबी गरे ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया