Hikmat Acharya
  • ३ साउन २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

मुख्यमन्त्री प्रकरणले चुलियो प्रकाश–आरजुबीच दूरी, अन्ततः आरजुको घरबाट सारे डेरा !


धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा पारिवारिक असमझदारीका कारण धनगढीस्थित आरजु राणा देउवाको निवासबाट बाहिरिएको खबर प्राप्त भएको छ।

परराष्ट्र मन्त्रीसमेत रहेकी आरजु राणासँगको सम्बन्धमा चिसोपन बढेपछि देउवा घर छाडेर अन्यत्र डेरा सार्न बाध्य भएका हुन्।

नेपाली कांग्रेसभित्रको प्रदेशस्तरीय राजनीतिक किचलो र प्रदेश सरकारप्रतिको असन्तुष्टिका विषयमा मतभेद चुलिँदै जाँदा दुवैबीच दूरी बढेको स्रोतले जनाएको छ।

चुनावअघिदेखि देउवा आरजुको घरमा बस्दै आएका थिए भने मन्त्री पदमा रहेका बेला पनि सरकारी निवासको सट्टा सोही घरलाई आफ्नो कार्यस्थल बनाएका थिए।

तर पछिल्लो समय मुख्यमन्त्री परिवर्तनको प्रयास, खासगरी कमलबहादुर शाहलाई हटाएर आफू पदमा जान चाहिएको देउवाको चाहनासँग आरजुको असहमति देखिएपछि सम्बन्धमा दरार आएको दाबी गरिएको छ।

यही मतभेद अन्ततः पारिवारिक दूरीमा परिणत भएको स्रोतको भनाइ छ।

यसबारे प्रकाशले प्रतिक्रिया दिएका छैनन्।

राजनीतिक मतभिन्नताले पारिवारिक सम्बन्धमा समेत असर पुर्‍याएको यो घटनाले कांग्रेसभित्रको आन्तरिक अवस्थालाई झन् उजागर गरेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode