तुर्माखाँदको नीति : युवालाई विदेश होइन, गाउँमै बिजनेस ! (भिडिओ सहित)

अछाम । अछामको तुर्माखाँद गाउँपालिकाले युवालाई विदेश पलायन रोक्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित “युवालाई विदेश होइन, बिजनेस” भन्ने नीति अघि सारेको छ। गाउँपालिकाको १६औँ गाउँसभा तथा अधिवेशनले उक्त नीति पारित गर्दै आगामी वर्षका लागि समावेशी र सशक्त कार्यक्रमहरू सार्वजनिक गरेको हो।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले सोमबार सार्वजनिक गरेका नीति तथा कार्यक्रमहरूमा विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवा तथा स्वरोजगार खोजिरहेका युवाहरुलाई लक्षित गरिएको छ। भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण, खेलकुद र कृषिमा विशेष जोड दिइएको छ।
त्यस्तै साना तथा मझौला उद्यम प्रवर्द्धन गर्न चाहने उद्यमीहरूलाई प्रोत्साहन गर्ने योजना पनि गाउँपालिकाले अघि सारेको छ। युवाहरूलाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्दै उद्यमशीलता विकास गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको गाउँपालिका अध्यक्ष बिसीले औँल्याएका छन् ।
सञ्चारको सशक्तिकरणतर्फ पनि पालिकाले चासो देखाएको छ। स्थानीय सञ्चारमाध्यमको सबलीकरण तथा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ। एफएम रेडियो स्थापनाको सम्भाव्यता अध्ययन गर्ने विषयसमेत नीति तथा कार्यक्रममा समेटिएको छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया