Hikmat Acharya
  • २० साउन २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

धनगढीमा मृत भेटिइन् रेणु, अनुसन्धान गर्दै प्रहरी


धनगढी : धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

प्रहरीका अनुसार मृत फेला पर्ने युवती कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्ती निवासी ३० वर्षीया रेणु चौधरी हुन्। उनी धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार सोमबार बिहान चौधरी आफ्नै कोठामा मृत भेटिएकी हुन्।

‘कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाइएको थियो,’ डीएसपी सिंहले भने, ‘घटनास्थल सिल गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ।’


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode