Hikmat Acharya
  • ६ असार २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

पञ्चदेवल विनायकको नीति : डिग्री पढ्ने छोरी–बुहारीलाई छात्रवृत्ति


अछाम : पञ्चदेवल विनायक नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उच्च शिक्षामा अध्ययनरत छोरी–बुहारीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ।

नगर प्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा सम्पन्न १४औँ नगर सभामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, महिला सशक्तीकरण र रोजगारी सिर्जना लगायतका बहुआयामिक कार्यक्रमहरू प्रस्तुत गरिएका छन्।

शिक्षामा गुणस्तर सुधारलाई प्रतिबद्धताका रूपमा लिँदै नगरपालिकाले डिग्री तह अध्ययन गर्ने छोरी–बुहारीलाई छात्रवृत्तिमार्फत सहयोग गर्ने योजना अगाडि सारेको छ।

साथै, कृषि, पशुपालन, दिगो रोजगारी र उद्यमशीलता प्रवर्द्धन कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।

नगर अस्पतालको रूपमा निर्माणाधीन १० शैयाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याइने छ।

साथै, नगर प्रमुखसँग ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, ‘म स्वस्थ, मेरो घर–टोल स्वस्थ’ कार्यक्रम र सुनौला हजार दिनका परिवारलाई लक्षित गर्दै ‘एक घर एक करेसाबारी’ अभियान सञ्चालन गरिनेछ।

विभिन्न दातृ निकायसँगको साझेदारीमा आगामी वर्ष थप १ हजार घरधुरीमा बहुपयोगी खानेपानी योजनाको विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

स्थानीय उत्पादन प्रवर्द्धन, पर्यटन विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सुशासन प्रवर्द्धन तथा सूचना प्रविधिको प्रयोगमार्फत पारदर्शी सेवा प्रवाहमा पनि नगरपालिका केन्द्रित हुने बताइएको छ।

नगरसभा समापन गर्दै नगर प्रमुख चलाउनेले आगामी आर्थिक वर्ष समावेशी, पारदर्शी र जनमुखी सेवा प्रवाहलाई पहिलो प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरिन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode