Hikmat Acharya
  • ६ असार २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा जीप दुर्घटना, दुईजनाको मृत्यु


डोटी: डोटीको आदर्श गाउँपालिका–१ मा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

दुर्घटना दिउँसो १:४० बजे मौवाको खिराधारमा भएको हो।सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९५ नम्बरको जिप आदर्श गाउँपालिकाबाट मेल्लेखतर्फ जाँदै गर्दा करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ।

जिपमा कति यात्रु थिए भन्ने एकीन विवरण पनि आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी राखेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode