Hikmat Acharya
  • ५ असार २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा बीमा प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न


अछाम । बीमा सेवाको पहुँचलाई स्थानीय तहसम्म विस्तार गर्दै नागरिकमा बीमाप्रति विश्वास र चासो जगाउने उद्देश्यले नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेशको आयोजनामा जयगढमा बीमा प्रवर्द्धनात्मक ‘छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ ।

नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख केदारनाथ भट्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि साउँदले ग्रामीण बस्तीमा अझै बीमाप्रति जानकारीको अभाव रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले नागरिक सचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। उनले बीमा क्षेत्रमा पालिकाको सहकार्य निरन्तर रहने प्रतिबद्धता पनि जाहेर गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल, पूर्व जिल्ला विकास समिति सदस्य तिलक बहादुर खत्री, वडा अध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, बीमा सरोकारवाला लगायत सहभागी थिए ।

कार्यक्रमका अध्यक्ष तथा प्रदेश प्रमुख भट्टले बीमा प्राधिकरणको कार्यक्षेत्र, बीमाका विविध आयाम (जीवन र गैर-जीवन), बीमा गर्दा अपनाउनुपर्ने सावधानी, दावी भुक्तानीको प्रक्रिया, र बीमाको व्यापक महत्वबारे प्रस्ट रूपमा जानकारी गराएका थिए ।

सहभागीहरूले बीमा सेवा ग्रामीण तहसम्म पुर्‍याउन अझ सहज, पारदर्शी र विश्वासिलो संरचना निर्माणको खाँचो औंल्याउँदै आफ्ना अनुभव र सुझावहरू पेश गरेका थिए।

उनीहरूले बीमा कम्पनीहरूको उत्तरदायित्व, जनचेतनामूलक अभियानको निरन्तरता, र स्थानीय तहसँगको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल बीमा प्राधिकरणले विभिन्न पालिकामा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। सुदूरपश्चिमका विकट क्षेत्रहरूमा बीमा सेवा विस्तार र सर्वसाधारणमा बीमा चेतना फैलाउनु प्राधिकरणको प्राथमिकता भएको आयोजकले जनाएका छन्।


क्याटेगोरी : अर्थ-वाणिज्य, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode