Hikmat Acharya
  • ३ साउन २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरा, डोटी र बैतडीका सीडीओको सरुवा, कोको आउँदैछन् ?


अछाम: सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, डोटी र बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूलाई गृह मन्त्रालयले सरुवा गरेको छ।

डडेल्धुरामा कार्यरत प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको सरुवा गरिएको छ।

उनको स्थानमा जिल्ला प्रशान कार्यालय गुल्मीमा कार्यरत जनार्दन गाैतम डडेल्धुरा आउँदै छन्।

यस्तै सहायक प्रजिअकाे रूपमा सल्यानमा प्रजिअ रहेकी सावित्रा पुन पनि डडेल्धुरा आउने भएकी छन्।

त्यस्तै, डोटीका सीडीओ मोहन जोशीको पनि सरुवा भएको छ।

उनको ठाउँमा गृह मन्त्रालयबाट सहसचिव बुद्धबहादुर गुरुङ नयाँ सीडीओका रूपमा डोटी आउनेछन्।

यसैगरी, बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको स्थानान्तरण भएसँगै गोरखामा कार्यरत पुण्य बिक्रम पौडेल बैतडीको नयाँ सीडीओ हुने भएका छन्।

गृह मन्त्रालयले नियमित प्रशासनिक सरुवाअन्तर्गत उक्त निर्णयहरू गरेको हो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode