Hikmat Acharya
  • २ असार २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

नेपाल-भारत जोड्ने महाकाली पुल बन्द, कारण यस्तो


दार्चुला : भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार एक जना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले महाकाली नदीको पुल बन्द गराइएको हो ।

महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको छ ।

भारत सरकार आफैंले नभई भारतीय नागरिकहरुले आफ्नो सरकारलाई दबाब दिने उद्देश्यले बाटो बन्द गरेको बुझिएको बताइएको छ ।

भारतको धारचुलाका डिएम (डिस्ट्रिक मजिस्ट्रेट) सँग बाटो खुलाउन पहल गर्ने विषयमा कुराकानी भइरहेको सिडिओ पौडेलले जानकारी दिए ।

आज बिहान ११ बजेदेखि भारतीयहरुले प्रदर्शन गर्दै आएका छन् । जुन ७ तारिखको दिन भारत धारचुलाका कमलेश दानुको चक्कु प्रहार गरी हत्या भएको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode