अछामको चाैरपाटीमा चट्याङ पर्दा महिला घाइते, तीन बाख्रा मरे

अछाम : अछामको चौरपाटी गाउँपालिका–७, मार्कुमा चट्याङ लागेर तीन वटा बाख्रा मारेका छन् भने एक महिला सामान्य घाइते भएकी छन्।
आइतबार राति करिब २ बजे हर्कबहादुर बोगटीको घरमा चट्याङ परेको हो। चट्याङका कारण घरको गोठमा बाँधिएका तीन वटा बाख्रा तत्कालै मरेका छन्।
उक्त घटनामा बोगटीकी श्रीमती अन्दाजी २५ वर्षीया चन्द्रकला बोगटीको दाहिने खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
घटनापछि चौखुट्टे प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक पदम सिंह साउदको नेतृत्वमा तीन जनाको टोली तत्कालै घटनास्थलमा खटिएको थियो।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया