Hikmat Acharya
  • १ असार २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्तिबाट बाजुराका सहानी सम्मानित


धनगढी : चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्तिबाट बाजुराको कोल्टीका हेमबहादुर साहनी सम्मानित भएका छन्।

जनप्रकाश मावि कोल्टीमा अध्ययनरत साहनीले सबैभन्दा उत्कृष्ट अंक ल्याएर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएबापत नगद पुरस्कारसहित सम्मान गरिएको हो।

उनले गएको शैक्षिक सत्रमा जिल्लामै सबैभन्दा उत्कृष्ट नम्बर ल्याएका हुन्। छात्रवृत्ति नेकपा एमाले बाजुराले स्थापना गरेको हो।

अनेरास्ववियुका नेता स्वर्गीय चेतनदीप ऐडीको स्मृतिमा हरेक वर्ष एक जनालाई जेहेन्दार छात्रवृत्ति दिने गरि नगद पुरस्कार राशीसहित छात्रवृत्ति स्थापना गरिएको नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले जानकारी दिएका छन्।

सहानीले नगद १० हजार छात्रवृत्ति पुरस्कार पाएका छन्। अनेरास्ववियुको २४ औं महाधिवेशनबाट निर्वाचित नयाँ कमिटीको पहिलो बैठकको अवसर पारी छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष ओलीले जानकारी दिए।

बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको थियो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode