कञ्चनपुरमा एक बालक मृत फेला

धनगढी : कञ्चनपुरमा एक बालक मृत फेला परेका छन्।
शुक्रवार साँझ भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलका १३ वर्षका सुदर्शन डगौरा घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कच्ची भुइँतले र टिनको छाना भएको घरको आँगनमा मृत फेला परेका बालकको घटनाबारे हाल आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया