जयढका आगलागी पीडितलाई पालिकाबाट नगद सहायता, कसले कति पाए ? (सूचीसहित)

अछाम: अछामको बान्नीगढी जयगढ बजारमा भएको विनाशकारी आगलागीपछि दुई महिनाको प्रतीक्षापछि पीडित व्यवसायीहरुले नगद राहत पाउने भएका छन्।
बान्नीगढी जयगढ गाउँपालिका केन्द्र जयगढ बजारमा गत चैत २६ गते राति भएको आगलागीबाट प्रभावित पीडितहरुलाई गाउँपालिकाले राहत वितरणको प्रक्रिया सुरु गरेको हो।
आज गाउँपालिकाले पीडित लाभग्राहीहरुको नामावलीसहित प्राप्त हुने राहत रकमको विवरण सार्वजनिक गरेको छ।
गाउँपालिकाले ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि, २०८२’ पारित गर्दै राहत वितरण प्रक्रिया अगाडि बढाएको हो।
गाउँपालिकाका अनुसार ३९ जना आगलागी पीडितले जम्मा ६३ लाख २१ हजार रुपैयाँ नगद राहत पाउने छन्। राहत रकम आगामी आइतबारदेखि वितरण गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदका अनुसार राहत रकम सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न गैरसरकारी संस्था, व्यक्ति तथा व्यापारिक फर्महरुबाट संकलन गरिएको हो।
राहत पाउने ३९ व्यापारीमध्ये ३३ जना बान्नीगढी जयगढ गाउँपालिकाका हुन् भने ३ जना मेल्लेख गाउँपालिका–७ र ३ जना साँफेबगर नगरपालिकाका हुन्।
पीडितमध्ये निर्मला रावल र खगेन्द्र साउँदले सबैभन्दा धेरै राहत रकम पाउनेछन्।
उनीहरुलाई जनही ५ लाख ३५ हजार रुपैयाँ प्रदान गरिनेछ। सबैभन्दा कम राहत रकम १५ हजार रुपैयाँ तोकिएको छ।
यसअघि जेठ २७ गते बसेको गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको सिफारिसमा आधारित रही आज बसेको गाउँ कार्यपालिकाको बैठकले राहत वितरण सम्बन्धी निर्णय गरेको हो।
हेर्नुस् सूची :
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया