Hikmat Acharya
  • ३१ जेठ २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अजयमेरुमा बोका खरिदमा अनियमितता, भ्रष्टाचारको आशंका !


डडेल्धुरा : अजयमेरू गाउँपालिकाले बिना प्रक्रिया ३० हजार बराबरको बोका खरिद गरेको खुलेको छ।

महालेखा परीक्षकको २०८०/८१ को प्रतिवेदनअनुसार, पालिकाले पाण्डे कृषि तथा पशुपालन फार्मलाई पूँजिगत शीर्षकबाट भुक्तानी गरे पनि आवश्यक बिल, भरपाई तथा कागजात नजोडी रकम खर्च गरेको पाइएको हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९(१०) अनुसार कुनै पनि रकम खर्च गर्नु अघि सबै प्रमाण र प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ।

तर, पालिकाले उक्त प्रक्रिया पालना नगरी रकम भुक्तानी गरेको महालेखाको टिप्पणी छ।

प्रतिवेदनमा भनिएको छ, “पालिकाले अनुदान वितरणको कार्यविधिअनुसार छनोट गरी नियमानुसार अनुदानको उपयोग गर्नु पर्नेमा त्यस्तो नभई भुक्तानी भएको रकम नियमित हुनुपर्छ।”

यस घटनाले स्थानीय तहमा खर्चको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode