Hikmat Acharya
  • ३० जेठ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अमरगढीका मेयरले लगेको बाइक गायब !


धनगढी: अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले लगेको बाइक गायब छ।

मेयर जोशीले नगरपालिकाबाट लगेको एफ जेट ब्रान्डको बाइक गायब भएको हो।

महालेखाको प्रतिवेदन अनुसार स्थानीय तहको सम्पत्तिको संरक्षण र व्यवस्थापन सम्बन्धी ऐन उल्लंघन गर्दै नगरबाट मेयरले दोहोरो रुपमा जिन्सी मालसामान लिएको पाइएको हो।

तर, उनले हालसम्म बाइक फिर्ता गरेका छैनन्। मेयर जोशीले नगरबाट हाल एउटा गाडि लिएका छन्। र, उनी सोही गाडी प्रयोग गर्छन्।

नगरपालिका स्रोतका अनुसार मेयरले लगेको बाइक कता छ भन्ने जानकारी छैन्। उनले घरायसी प्रयोजनका लागि उक्त बाइक प्रयोग गरेको हुन सक्ने आशंका बढेको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ अनुसार, प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको संरक्षण, मर्मत सम्भार र सदुपयोग सुनिश्चित गर्नुपर्ने कानुनी व्यवस्था छ।

नगरपालिकाका ज्यालादारी कर्मचारी भरत पन्तले एक थान लेनेभो ब्रान्डको ल्याप्टप लिएको र मेयर जोशीले

एफ जेड ब्रान्डको मोटरसाइकल प्रयोगमा ल्याएको तर हालसम्म ती सामग्रीहरू कार्यालयमा फिर्ता नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

एकै व्यक्तिलाई दोहोरो सुविधा दिँदा सार्वजनिक खर्चमा अनावश्यक बोझ थपिने भएकाले सम्बन्धित व्यक्तिहरूलाई ती जिन्सी सामग्री तुरुन्त फिर्ता गराउनुपर्ने सुझाव महालेखाको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode