Hikmat Acharya
  • ३० जेठ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बाजुरा गइरहेको सेनाको हेलिकप्टर आकस्मिक अछाममा अवतरण


अछाम: नेपालगञ्जबाट बाजुरा गइरहेको नेपाली सेनाको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

खराब मौसमका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका–५, थालाकोटमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार थालाकोट मैदानमा हेलिकोप्टर ल्याण्ड भएको हो ।

अछामको उक्त क्षेत्रमा बिहान सबेरैदेखि चट्टयाङसहित वर्षा भइरहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode