Hikmat Acharya
  • ३० जेठ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

नगरको पैसामा अमरगढीका मेयर जोशीको रजाइँ, बिना स्वीकृति विदेश सयर


अछाम: अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले सरकारको स्वीकृति नलिई विदेश भ्रमण गरेको खुलासा भएको छ।

२०७५ सालको मन्त्रीपरिषद्को निर्णयअनुसार जारी निर्देशिका अनुसार, जिल्ला समन्वय समिति र महानगरपालिकाका प्रमुखले विदेश भ्रमण गर्नुअघि नेपाल सरकार र अन्य पदाधिकारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनिवार्य स्वीकृति लिनु पर्ने व्यवस्था छ।

तर, मेयर जोशी उक्त कानुनी प्रावधानको उल्लंघन गर्दै २०८० माघ १३ देखि १७ गतेसम्म बंगलादेशको ढाका (शखिपुर) मा आयोजित नगरस्तरीय सरसफाइ सम्मेलन तथा अध्ययन भ्रमणमा सहभागी भएका थिए।

महालेखाको प्रतिवेदन अनुसार, उनले मन्त्रालयको स्वीकृति नलिई अमरगढी नगरपालिकाबाट ७ लाख ९९ हजार ९७४ रुपैयाँ बराबरको भ्रमण खर्च लिएका छन्।

महालेखा कार्यालयले यस्तो कार्यले शासन व्यवस्थामा पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न उठाएको जनाएको छ।

यस्तै खालको अनुशासनहीनता दोहोरिन नदिन कडाइका साथ नियमन आवश्यक भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति विना गरिएको यस्तो खर्च कानुनी र नैतिक दुवै दृष्टिले आपत्तिजनक मानिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode