सुदूरपश्चिम पूर्वमुख्यमन्त्री सोडारीको सांसद पद निलम्बन

धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको सांसद पद निलम्बन भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा दायर भएपछि उनको पद निलम्बनमा परेको हो ।
यसबारेको जानकारी सोमबार सभामुख भीमबहादुर भण्डारीले दिए। सोडारीलाई पदको दुरुपयोग र सम्पत्ति आर्जनको आरोपमा मुद्दा चलिरहेको छ ।
प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टी तीन प्रदेशसभा सदस्यमा सीमित भएको छ ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया