Hikmat Acharya
  • २९ जेठ २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

मृत भेटिए सप्तकोशीमा बेपत्ता डोटीका सुरज


धनगढी : विपद् पूर्वाभ्यासको क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर डोटीका सुरज साउदको शव आइतबार बिहान भेला परेको छ।

कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको हो।

कुरिनटारबाट खटिएका डिएसपी पुरुषोत्तम भण्डारीको टोलीले उनको शव निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्दै थापाले जानकारी दिए।

सप्तरी जिल्लामा गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए। राजवंशीको शव शुक्रबार भेटिएको थियो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode