Hikmat Acharya
  • २९ जेठ २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

बाजुराका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ४० लाख सहयाेग गर्ने


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बाम्का बजारका आगलागी पीडितलाई ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आइतवार बिहान बसेको मन्त्री परिषद्को बैठकले बाम्का बजारका आगलागी पीडितलाई राहत स्वरुप तत्काल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश सरकारले आगलागीबाट पीडितहरुलाई आर्थिक सहयोगसँगै जिन्सी १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले मानविय सहायता स्वरुप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई सो रकम उपलब्ध गराउने बताएका छन् ।

उनले पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउने निर्णय गरेको बताए ।

शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हँदा करिब २० वटा पसलहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

त्यस्तै शनिवारदेखि घटनाको एकिन विवरण संकलन कार्य भइरहेको छ भने आगलागीबाट करिव २० करोडको क्षति भएको अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode