मन्त्री पाण्डेले गरे आगलागीबाट ध्वस्त बाम्का बजारको अनुगमन

बाजुरा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन्।
आगलागीको जानकारी पाए लगत्तै काठमाडौंबाट बाजुरा पुगेका मन्त्री पाण्डेले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिएका छन्।
शुक्रबार बाम्का बजारस्थित नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी भएको थियो।
आगलागीमा परेर बाम्का बजारका झण्डै ४० वटा पसल पूर्ण रूपमा नष्ट भएका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया