Hikmat Acharya
  • २५ जेठ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

२ हजार ९५१ नयाँ सैनिकले सुरु गरे औपचारिक सेवा यात्रा


काठमाडौं : नेपाली सेनाले देशभरका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालन गरिएको ९ महिनाको सैन्य आधार तालिम हिजो  समापन गरेको छ ।

तालिम सम्पन्नसँगै २,९५१ जना नयाँ सैन्य जवानहरू औपचारिक रूपमा सेवा प्रवेश गरेका हुन् ।

नेपाली सेनाका अनुसार, १९ स्थानमा सञ्चालन भएको उक्त तालिमबाट २,५६४ जना पुरुष र ३८७ जना महिला सैनिक दीक्षित भएका हुन्।

तालिम समापनको अवसरमा देशभरका विभिन्न तालिम केन्द्रहरूमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको थियो ।

तालिम अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने शिक्षार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode