प्रधानमन्त्रीलाई झुक्याएर गुप्तचरका प्रमुखको सरुवा, कैलाली आउँदै बोहरा

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले सबै जसो जिल्लाका गुप्ततर प्रमुखको सरुवा गरेका छन्।
सरुवामा व्यापक चलखेलको आरोप लागेको छ।एसपी र डिएसपीहरुको सरुवामा प्रधानमन्त्रीलाई समेत थापाले झुक्याएका छन्।
हालै मात्र प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव गोविन्द कार्कीलाई गलत ब्रिफिङ गरेर उनले सरुवा निकालेका हुन्।
स्रोतका अनुसार सरुवाअघि उनले प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीलाई २५ हजार पर्ने जुत्ता उपहार दिएका थिए।
कमजोर क्षमता भएकालाई महत्वपूर्ण जिल्लाको प्रमुख बनाइएको छ भने चलखेलमा नलाख्नेलाई दुर्गम खेदिएको छ।
एसपी टेकराज तिमल्सिनालाई विगत चार वर्षदेखि भक्तपुरमा बस्दै आएकोमा अहिले पनि उनलाई त्यही राखिएको छ।
आगामी भदौमा अवकाश पाउन लागेका थापाले जाने बेलामा सरुवाबाट पैसा उठाएको चर्चा गुप्तचरमा छ।
त्यसैगरी झापामा उमेश पाण्डे, मोरङ्गमा राजन शर्मा सापकोटा, सुनसरीमा विमल घिमिरे, धनुषामा तिलक प्रसाई, सप्तरीमा कुलचन्द्र नेपाल, मकवानपुरमा हेमन्त कार्की र काभ्रेमा दीपक खड्कालाई पठाइएको छ।
त्यस्तै चितवनमा सुरेश तिवारी, तनहुँमा मनोज ढकाल, कास्कीमा मोहन कुँवर, रूपन्देहीमा प्रकाश आचार्य, बाँकेमा हरिस विष्ट, कपिलवस्तुमा हिरण्य कुँवर, बर्दियामा रमेश सिंह डांगी र कैलालीमा महेश बोहराको सरूवा भएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया