डीएसपी वाइवा हेडक्वार्टर तानिइन, च्यातेकी थिइन तेलको कुपन
 
	
				
			काठमाडौं : बाराको इलाका प्रहरी कार्यालय, सिमराकी इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) शुभद्रा वाइवामाथि छानविन सुरु भएको छ।
उनलाई प्रहरी प्रधान कार्यालय तानेर छानविन थालिएको स्रोतले बतायो।
यद्यपी हेडक्वार्टरले भने डीएसपी वाइवासँग केही बुझ्नु पर्ने भएकाले झिकाइएको बताएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले आवश्यकताअनुसार हेडक्वाटर फिर्ता बोलाइएएको बताए।
वाइवाको ठाउँमा अर्का डीएसपी वेद जोशीलाई पठाइएको छ। उनले सिमराको कमाण्ड सम्हालेको ६ महिना पनि पूरा भएको थिएन।
वाइवा गएको पुसमा सिमरा सरुवा भएकी थिइन्। जितपुर सिमरा उपमहानगरपालिकाले तेलको कुपन कम दिएको भन्दै विवाद गरेको उजुरी परेपछि हेडक्वार्टरले उनीमाथि छानविन थालेको हो।
डीएसपी वाइबा र उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंबीच केही दिनदेखि विवाद भएको थियो।
उपमहानरपालिकाले भने तेलको कुपन च्यातेको आरोप लगाउँदै आएको छ।
यता, सहसचिव प्रसाईंले घटनाबारे आफूलाई ब्रिफिङ नगरेको भन्दै सरुवा गरिदिने धम्की दिएको वाइवाको आरोप छ।
हुनत यसअघि पनि डीएसपी वाइवा विवादमा आएकी थिइन्। केही दिनअघि मात्र उनले जीतपुरमा जारी एक सांस्कृतिक महोत्सवको स्टेजमा चढेर माइकको तार चुँडाएकी थिइन्।
ढिलोसम्म सञ्चालन गरेको भन्दै उनले माइकको तार चुँडाएको भिडियो भाइरल भएको थियो।
त्यस्तै, सिमरा विमानस्थलमा सर्वसाधारणलाई अनाहकमा हतकडी लगाएको घटनाले पनि उनी आलोचित भएकी थिइन्।
डिएसपी वाइवा तिनै प्रहरी अधिकृत हुन्, जो मधेश प्रदेश प्रहरी कार्यालय, कर्मचारी प्रशासन शाखाले नगद पुरस्कार सहित पुरस्कृत गर्ने निर्णय गरेको थियो।
क्याटेगोरी : राष्ट्रिय, समाचार

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया