बाजुरामा हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्युु

बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ ।
खप्तड छेडेदह गाउँपालिका–३ धनाल्तका ४२ वर्षीय जङ्गबहादुर रावतको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार रावत अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका थिए ।
हिरासतमा रहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।
पेट दुःखेको गुनासो गरेपछि अस्पताल पुर्याइएका रावतको बुधबार साँझ उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीले घटनासम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया