Hikmat Acharya
  • २० साउन २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुर वनका हाकिम ठाकुरले असहाय महिलाको जग्गा हडपे, नेकपा बहुमतले कब्जामा लियो !


धनगढी : कैलालीको भजनी नगरपालिका–९ मा रहेका एक असहाय महिलाको जग्गा जालझेल गरेर आफ्नो नाममा दर्ता गरेको आरोप लागेपछि नेकपा बहुमत निकट युवा संगठनले उक्त जग्गा कब्जा गरेको हो।

युवा संगठनका नेता दीपेन्द्र ऐरका अनुसार ठाकुरले लोकेन्द्र बहादुर चौधरीको २१ दशमलव १० धुर जग्गा कागजातमा हेरफेर गरी आफ्नो नाममा ल्याएका हुन्।

“न्यायको लागि हामीले यो कदम चाल्नुपर्‍यो,” ऐरले बताए।

यसअघि डिभिजन वन कार्यालय, डडेल्धुरामा कार्यरत रहँदा ठाकुरमाथि योजनाहरूमा अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

त्यसपछि उनलाई कार्यालयबाट स्थानान्तरण गर्दै कैलालीको पहलमानपुर पठाइएको थियो।

पहलमानपुरमा रहँदा उनले भजनीको सुकुम्बासी बस्तीमा डोजर चलाएका कारण व्यापक आलोचना खेप्नु परेको थियो।

त्यसैगरी, घोडाघोडी नगरपालिका–५ स्थित एक सामुदायिक वनमा अतिक्रमण हटाउन वन समितिले बारम्बार आग्रह गर्दा समेत बेवास्ता गरेको आरोप पनि उनीमाथि लागेको थियो।

यी सम्पूर्ण विवादसँगै ठाकुरलाई वन निर्देशनालयमा तानिएको थियो। त्यसपछि उनी  कञ्चनपुरमा कार्यरत छन्।

केही दिनअघि बहुमत पार्टीका कार्यकर्ताहरूले उनलाई कार्यकक्षमै मोसो दलेका थिए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode