टीकापुरका कमल लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
टीकापुर नगरपालिका-१ बसपार्कस्थित सडक खण्डमा सोही ठाउँ बस्ने ३६ वर्षीय कमलप्रसाद बजगाई लागूऔषधसहित पक्राउ परेका छन्।
उनलाई २ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया