Hikmat Acharya
  • २२ जेठ २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

अछाममा गएराति हावाहुरी, केके भयो क्षति ?


अछाम : आइतबार गएराति आएको हावाहुरीले अछामका दर्जनभन्दा बढी घर र सार्वजनिक संरचनामा क्षति पुर्‍याएको छ।

पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाका विभिन्न वडामा घरका छाना उडेका छन्, रुख ढलेका छन्, र केही संरचनाहरू भत्किएका छन्।

सबैभन्दा बढी असर पञ्चदेवल विनायक–२ का हवाजै कामी र लेख काडाँगाउँकी पवित्रा देवी धामीको घरमा परेको छ।

सोलार प्यानल, शौचालय र कच्ची घरको छाना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

रामारोशन–५ स्थित यशोदा माविको छाना उड्दा विद्यालय सञ्चालन प्रभावित भएको छ।

त्यस्तै, स्थानीय शक्ति साउदको ग्यारेज, सिरे कामी, तप्तराज तिमिल्सेना, टंक साही, मीन विक, दान कठायत, भरत अधिकारी, रण रावल र कमल साउँदका घरहरूमा पनि क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार हालसम्म मानवीय वा पशुजन्य क्षति नभए पनि पीडितहरू बसोबासमा कठिनाइ झेलिरहेका छन्।

स्थानीय तहहरूले प्रारम्भिक मूल्याङ्कन सुरु गरेका छन् भने राहतका लागि तयारी भइरहेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode