अछामको बान्नीगढीमा लागूपदार्थ दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम

अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयमा आत्महत्या र लागूपदार्थ दुर्व्यसनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
आज जिल्ला प्रहरी कार्यालय अछाम, सामाजिक विकास कार्यालय अछामको संयुक्त आयोजना र विद्यालय प्रशासनको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत ५१ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या न्यूनिकरण तथा लागूपदार्थ दुर्व्यसन नियन्त्रणका विविध पक्षहरूबारे श्रव्यदृश्य सामग्रीसहित प्रस्तुति दिएका थिए।
उनले आत्महत्याको कारण, त्यसका संकेतहरू, जोखिम चिन्ने तरिका, समाजमा त्यसले पार्ने असर, रोकथामका उपाय, र नेपाल प्रहरीको सक्रियता लगायतका विषयमा विस्तृत जानकारी दिए।
साथै, छाउपडी प्रथाको न्यूनीकरण तथा त्यससम्बन्धी कानुनी व्यवस्थाबारे समेत जानकारी दिइएको थियो।
त्यस्तै, लागूऔषधको परिचय, प्रकार, प्रयोगका कारण, अछाममा पाइने लागूपदार्थहरू, प्रयोगकर्ताको अवस्था, मुद्दा दर्ताका तथ्यांक, दुर्व्यसनका असरहरू र त्यसबाट बच्ने उपायहरूबारे समेत जानकारी प्रदान गरिएको थियो।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया