Hikmat Acharya
  • २० जेठ २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

सात वर्षदेखी ५० लाख नपाएका ठेकेदार बुढा बेखबर : महेन्द्र माविको भवन उद्घाटन


अछाम । अछामको बयालपाटामा रहेको महेन्द्र माध्यमिक विद्यालयको नव निर्मित भवन आज एक विशेष समारोहका बीच विद्यालयलाई उद्घाटन् गरिएको छ। तर भवन निर्माण कार्य सम्पन्न गरेर पनि सात वर्षदेखि बक्यौता रकम नपाएको एपेक्स कन्ट्रक्सन प्रा.लि.कम प्रतिनिधि निर्माण व्यवसायी रामबहादुर बुढा भने आफूलाई जानकारी नै नदिई उद्घाटन् गरिएकोमा गम्भीर आपत्ति जनाउँदै आक्रोशित बनेका छन्।

भारतीय राजदसतावासको सहयोगमा, तत्कालीन जिल्ला विकास समिति अछाममार्फत आर्थिक वर्ष २०६९/७० मा एपेक्स कन्स्ट्रक्सन प्रा.लि.ले ३ करोड ५२ लाख रुपैयाँ (भ्याटसहित) मा विद्यालय भवन निर्माणको जिम्मा लिएको थियो ।

तर स्टिमेटमा भवनको बाहिरी प्लास्टर, रंगरोगन, र्यालिङ, ग्रिल लगायतका अत्यावश्यक काम छुट भएका कारण विद्यालय, निर्माण कम्पनी र जिल्ला विकास समितिबीच आपसी सहमतिमा ती कामहरू थप गरिएका थिए।

निर्माण व्यवसायी बुढाका अनुसार सम्झौता बाहिरका ती कार्य गर्दा झन्डै भ्याट बाेहेक १८ लाख ८३ हजार रुपैयाँ लागत थप भएको थियो ।

सो कार्यको प्राविधिक मूल्याङ्कन,सम्बन्धित बिल र सम्झौता अनुसार पूरा भएका भएका अन्य कामको प्राविधिक मुल्याँकन सहितका बिल समेत जिल्ला विकास समितिमा पेश गरिएको भए पनि निर्माण कम्पनीले हालसम्म करिब ५० लाख रुपैयाँ बराबरको भुक्तानी पाउन सकेको छैन।

भवन निर्णाण कार्यको मुल्याँकन समितिले त्यसताका भुक्तानिका लागी आवश्यक प्राविधिक मुल्याँकन सहित निर्णय तथा सिफारिस गरेको भए पनि आफुले भुक्तानी नपाएको बुढाको भनाई छ ।

२०७४/७५ मा भवन निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भए पनि ठेकेदारले बाँकी भुक्तानी नपाएसम्म भवन हस्तान्तरण गर्न मानेका थिएनन्। बि.स.२०७५ मा विद्यालयको पुरानो भवन भत्किएपछि, भारतीय राजदूतावास र जिल्ला समन्वय समितिको रोहवरमा “भुक्तानी प्रक्रिया अघि बढाउने” सहमतिसहित विद्यालयलाई भवन हस्तान्तरण गरिएको थियो ।

दूतावासका प्रतिनिधिले बाँकी रकम चाँडै प्राविधिक मूल्याङ्कनका आधारमा भुक्तानी गरिने आश्वासन दिएका थिए। त्यस्तै अछामका तत्कालिन ममननियहरुले समेत बुढालाइ स्टिमेटमा नभईएका तर आशव्यक अन्य भवन निर्माणको काम गर्न आग्रह गर्दै भुक्तानीका लागी आफुले सहयोग गर्ने आश्वासन् दिएका थिए ।

तर आश्वासनका सात वर्ष बितिसक्दा पनि ठेकेदारले रकम पाएका छैनन्।

सूचना नदिई भवन उद्घाट्न : ठेकेदार आक्रोशित

अझ चकित पार्ने कुरा के छ भने – आज एक विशेष समारोहका बिच निर्माण कम्पनी वा ठेकेदारलाई जानकारी नै नदिई भवन औपचारिक रूपमा उद्घाट्न गरिएको छ।

“हामीलाई बोलाइएको छैन, खबर समेत गरिएन,” ठेकेदार बुढा भन्छन्, “दूतावासका अधिकारीले हस्तान्तरणको विषयमा अरुलाई जानकारी नगराउन निर्देशन दिएको सुनिएको छ। त्यो गलत हो।”

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष कालू सिंह कुँवरको अध्यक्षातामा भारतिय राजदुतावासका फस्ट सेक्रेटरी सुमन शेखरले भवनको उद्घाटन् गरेका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित कुँवर,उप प्रमुख शिव बहादुर कुवर शिलोज, पुर्व जिल्ला बिकास समिति सभापति भरत स्वार ,निवर्तमान जिल्ला समन्वय समन्वय समिति प्रमुख नर बहादुर कुँवर लगायत सहभागी थिए ।

आफुले काम गरेको रकम नपाएपछि भारतीय राजदुतावास समक्ष आवश्यक सहजीकरणका लागि अछामकम तत्कालिन माननीयहरुलाइ पटक पटक आग्रह गर्दा समेत बेवास्था गरिएक बुढाको दुखेसो छ ।

एपेक्स कन्ट्रक्सनका प्रतिनिधि ठेकेदार बुढा सरकारसँग न्यायको अपेक्षा राखेको बताउछन् । तर सात वर्षसम्म इमानदार कामको पैसा नपाउनु अत्यन्त दुःखद भएको उनको भनाई छ ।

भुक्तानीको अन्त्यतिर ५० लाख रकम अझै भुक्तानी नपाएका कारण आफूले राशन र केही कामदारको ज्याला समेत दिन कठिनाइ भईरहेको उनको गुनासो छ ।

यता बिद्यालयका प्रधानाध्याक कालू सिंह बोहराले भने दुतावासबाट निर्माण कम्पनिले पूरा रकम पाए नपाएको बिषय बिद्यालयलाइ जानकारी नरहेको बताएका छन् ।


क्याटेगोरी : पश्चिम खोज, शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode