Hikmat Acharya
  • २० जेठ २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछाममा लोकमानले जगतबहादुरको घर जलाए, लुकेकै ठाउँबाट समातिए


अछाम : अछाम जिल्लाको मेल्लेख गाउँपालिका–६, नावली बाईगाउँ टोलमा एक घरमा आगजनी भएको छ।

स्थानीय लोकमान खत्रीले जगत बहादुर खत्रीको घरको छानोमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घटना जेठ १४ गते राति करिब ९:३० बजे भएको हो। आगलागीबाट छानामा राखिएको नल र पराल जलेर नष्ट भएको र छानो पूर्ण रूपमा क्षति भएको प्रहरीको भनाइ छ।

घटनापछि फरार रहेका लोकमान खत्रीलाई प्रहरीले खोजतलास गरी सोही वडाको उनको घरबाट पक्राउ गरेको हो।

उनीमाथि आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode