Hikmat Acharya
  • १ असार २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

हिरासतबाटै सरकारलाई प्रसाईंको धम्की, भने : …प्रतीक्षा गर्नुहोस्


काठमाडौं : चैत १५ गतेको हिंसात्मक प्रदर्शनअघि ‘आओ आओ’ भन्दै भीड उक्साउने र सुरक्षाकर्मीमाथि गाडी हाँक्न खोज्ने राजावादी आन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईले आफूलाई रुखमा झुन्ड्याउन सरकारलाई चुनौती दिएका छन् ।

तीनकुने हिंसाका मुख्य नाइके उनले हिरासतभित्रैबाट सरकारसामु त्यस्तो चुनौती तेर्स्याएका हुन् ।

उनको सचिवालयले जति थुने पनि सरकारको कूकृत्यविरुद्ध लडिरहने उद्घोषसमेत गरेको छ। प्रसाईले मुलुकले शान्तिका लागि राजा र धर्म खोजिरहेको जिकिर गर्दै त्यसका लागि संघर्ष गरिरहने बताएका छन् ।

‘शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथलाई झुण्डाएको खरीको बोट कुलेश्वर नजिक अझै जीवित छ, त्यहाँ लगेर मलाई हजार पटक झुण्ड्याउ’, प्रसाईको सचिवालयले लेखेको छ, ‘म अपराधीहरुले गणतन्त्रको नाममा गरेको बर्बर अत्याचार, भ्रष्टाचार, तस्करी, र कूकृत्यविरुद्ध बोलिरहनेछु, लडिरहनेछु ।’

तीनकुने घटनाले राष्ट्रवादी योद्धा र दलाल नेताहरुबीच ध्रुबीकरण भएको प्रसाईको ठहर छ ।

‘मेरो खोज व्यक्तिगत र विलासीको खोज होइन, मेरो खोज त अभाव र पीडामा छटपटाइरहेका नागरिकहरुको घाउमा मलम लगाउने खोज हो’, उनले भनेका छन्, ‘यो लडाइँ सत्ता र शक्तिको होइन, यो सत्य, न्याय र स्वाभिमानको लडाइँ हो ।’

विदेशबाट नेपाली युवाहरुले पठाएको रेमिट्यान्समा मोजमस्ती गर्ने १६ मारवाडी र १० दलाल परिवारसहित केही नेताहरुको अन्त्य गर्न चाँडै हिरासतमुक्त हुने उनले धम्कीसहितको आत्मविश्वास देखाएका छन् ।

एक पत्रकारसहित दुई जना निहत्था नागरिकको ज्यान जानेगरी भएको तीनकुने घटनामा प्रसाईसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता भैसकेको छ ।

मिश्र र राणालाई तीन वटा कसूरमा प्रतिवादी बनाइँदा प्रसाईविरुद्ध भने कर्तव्य ज्यान, ज्यान मार्ने उधोग, राज्यविरुद्धको कसूर, आपराधिक उपद्रो र संगठित अपराधको कसुर लगाइएको छ ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode