Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सदनमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री


सदनमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

काठमाडौं : संसदमा भिजिट भिसा प्रकरणबारे बोल्न नपाएपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन्।

भिटिज भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएपछि विपक्ष दलका सांसदहरुले राजीनामा माग गर्दै संसद अवरोध गरेका छन्।

लेखकले आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन पत्रकार सम्मेलनको तयारी गरेका हुन्।

गृहमन्त्री लेखकले संसद्‌मा बोल्न समय लिएका छन्।

तर विपक्षीहरुले पदबाट राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन्।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode