हानाहान गर्ने माननीयबीच मेलमिलाप

काठमाडौं : प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा उत्पन्न विवाद अन्ततः मेलमिलापमा परिणत भएको छ।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफलमा समिति सभापति किरणकुमार साह र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीबीच त्यस्तो सहमति भएको हो।
समितिको गत बुधबारको बैठकमा सभापति साहले बोल्ने पालो नदिएपछि उत्तेजित हुँदै कुसारीले माइक र आफ्नो अगाडि राखिएको नेमप्लेट उठाएर हानेकी थिइन्।
यद्यपि, सभापति साहलाई लागेन तर दुवै माननीयबीच चर्काचर्की भयो।
सभापति साहले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “हामीले सामान्य असमझदारीलाई सहज ढंगले मेलमिलाप गरी सुल्झाएका छौं।”
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया