Hikmat Acharya
  • ४ असार २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा रोपाइँको तयारीमा रहेका किसानलाई गहुँबालीको तालिम !


अछाम : सुदूरपश्चिमका किसानहरू धान रोपाइँको तयारीमा छन्।

यो समयमा कृषकलाई धानबालीको बारेमा जानकारी दिइनु पर्ने हो। तर, राष्ट्रिय वाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटार, ललितपुर भने ठिक उल्टो गरिरहेको छ।

अनुसन्धान केन्द्रले डडेल्धुरामा सुदूरपश्चिमका ९ जिल्लाका कृषि प्राविधिक र अगुवा किसानको भेला गरेर गहुँबालीको तालिम सम्पन्न गरेको छ।

हिजोदेखि चलेको गहुँबालीको रोग पहिचान र व्यवस्थापनसम्बन्धी दुईदिने तालिम आज सम्पन्न भएको हो।

गहुँको सिजन सकिएको र अहिले धान लगाउने समय भएको सन्दर्भमा गहुँबालीको रोगबारे तालिम दिइनु किसानहरूका लागि केही असमयिक जस्तो देखिए पनि कार्यक्रम संयोजकहरूले यसलाई भविष्यका लागि तयारीको रुपमा लिएका छन्।

अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक सुरज वैद्यले प्राविधिक र किसानहरूलाई छुट्टाछुट्टै तालिम प्रदान गरिएको जनाउँदै, यस्ता तालिमहरूले आगामी गहुँ सिजनमा उत्पादनमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरे।

तालिममा सहभागी कृषकले गहुँबालीको सामान्य जानकारी नहुँदा अघिल्लो वर्ष ठूलो क्षति व्यहोर्नुपरेको बताउँदै तालिमबाट गहुँको बारेमा धेरै कुरा जानकारी पाएको भन्दै गहुँ उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode