Hikmat Acharya
  • २ असार २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

गृहमन्त्री लेखकले राजीनामा नदिए संसद् अवरुद्ध गर्ने विपक्षी दलको तयारी


काठमाडौं : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग उठ्दैगर्दा उनको दल नेपाली कांग्रेसले भने बचाउ गरेको छ ।

कांग्रेसले सो प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको निष्कर्षसमेत निकालेको छ । तर, विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन् ।

गृहमन्त्रीले राजीनामा नदिए मंगलबार बस्ने संसद् बैठक अवरुद्ध गर्ने विपक्षी दलहरूको तयारी रहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका विपक्षी दल गृहमन्त्रीले राजीनामा नगरे संसद् बैठक अगाडि बढ्न नदिने तयारीमा रहेका छन् ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode