कैलालीमा भन्सारका हाकिम कुट्ने चार नगर प्रहरी पक्राउ
 
	
				
			धनगढी: शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तराज तिमिल्सिनामाथि भएको कुटपिट प्रकरणमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी, उनका चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्र सिंह धामी र हवल्दार मणीदत्त भट्ट रहेका छन्।
सोही राति नगर प्रहरी निरीक्षक धामी र उनका टोलीले भन्सार कार्यालयभित्र प्रवेश गरी प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेको घटना सीसीटीभीमा कैद भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहका अनुसार, भन्सार प्रमुखले अभद्र व्यवहारको किटानी जाहेरी दर्ता गराएपछि चारै जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
घटनापछि धनगढी उपमहानगरपालिकाले नगर प्रहरी निरीक्षक धामीलाई २४ घण्टे स्पष्टीकरण सोधेर कारवाही प्रक्रिया अघि बढाइसकेको छ।
कुटपिट घटना पछि भन्सार प्रमुखलाई नेपाल प्रहरीले चार सदस्यीय सुरक्षा टोली उपलब्ध गराउने सहमति पनि भएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया