अछाम र बझाङमा पुन: उडान सुरु गर्दै समिट एयर
अछाम : दशैँयता स्थगित रहेको हवाई सेवा फेरि सुरु हुँदै गर्दा अछाम र बझाङका बासिन्दामा उत्साह छाएको छ।
समिट एयरले आगामी जेठ १९ गतेदेखि यी जिल्लाहरूमा पुनः उडान सुरु गर्ने घोषणा गरेको हो।
समिट एयरका अछाम प्रतिनिधि टंक कुँवरका अनुसार अब प्रत्येक हप्ताको सोमवार र बिहीवार अछाम र बझाङमा नियमित उडान सञ्चालन हुनेछ।
सोमवार धनगढी–अछाम–नेपालगञ्ज र बिहीवार धनगढी–अछाम–धनगढी मार्गमा उडान हुनेछ।
छ महिनासम्म हवाई सेवाबाट वञ्चित रहेका यी दुर्गम जिल्ला अब पुनः हवाई पहुँचमा आउन थालेपछि स्थानीय बासिन्दाको यात्रा सहज हुने अपेक्षा गरिएको छ।
विशेषगरी विद्यार्थी, बिरामी, सरकारी कर्मचारी र व्यापारीहरूलाई यसको प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।
उडानका लागि धनगढीदेखि अछाम र अछामदेखि नेपालगञ्जसम्मको भाडादर ४ हजार ५ सय रुपैयाँ तोकिएको छ।
टिकट तथा अन्य जानकारीका लागि अछाम प्रतिनिधि टंक कुँवरलाई ९७४१७८४३९८ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया