कैलालीमा भन्सार अधिकृतलाई हातपात गर्ने नगर प्रहरी प्रमुख फरार
 
	
				
			धनगढी: कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोप लागेका धनगढी नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी फरार भएका छन्।
शनिबार राति करिब १० बजे धामी नेतृत्वको टोलीले भन्सार कार्यालयमा प्रवेश गरी तिमिल्सिनामाथि आक्रमण गरेको आरोप लागेको छ।
तिमिल्सिनाले धामीसहित पाँच नगर प्रहरीविरुद्ध ‘अभद्र व्यवहार’ शीर्षकमा किटानी जाहेरी दिएका छन्।
जाहेरीका आधारमा पक्राउको तयारी भइरहेका बेला धामी आइतबार दिउँसोसम्म सम्पर्कमा थिए। तर त्यसपछि मोबाइल स्विच अफ गरी फरार भएका हुन्।
घटनाबारे सीसीटीभी फुटेज सार्वजनिक भएपछि धामीमाथि संलग्नताको आरोप थप बलियो बनेको छ।
उनी प्रारम्भमा आफूसँग कुनै सरोकार नरहेको दाबी गर्दै आएका थिए।
धनगढी उपमहानगरपालिकाले धामीलाई पदीय आचरण विपरीत कार्य गरेको भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको छ।
कैलाली प्रहरीले हाल उनलाई खोजी कार्य जारी राखेको जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया