Hikmat Acharya
  • ४ असार २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरा र अछाममा पानी पारिरहेको प्रणाली उत्तर-पूर्व सर्दै


डडेल्धुरा : हाल (आइतबार बिहान) पश्चिममा पानी पारिरहेको प्रणाली उत्तर-पूर्व सर्दै गरेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाले आइतबार बिहान ५ बजेतिर सूचना जारी गरी भनेको छ- हाल डडेल्धुरा र अछाम आसपासका एक‍-दुई ठाउँहरूमा मेघगर्जन, चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ। उक्त पानी पार्ने प्रणाली उत्तर-पूर्वतिर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहोला।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode