सेती सप्लायर्स खुलेआम म्याद गुज्रिएका बस्तु बेच्दै, अछाम प्रशासन मूकदर्शक

अछाम : बजारमा खुलेआम म्याद गुज्रिएका उपभोग्य वस्तु पठाउने सप्लायर्सविरुद्ध अछाम प्रशासनको रवैया उदासीन देखिएको छ।
विशेष गरी साँफेबगरस्थित सेती सप्लायर्सले पटक–पटक म्याद गुज्रेका सामग्री आपूर्ति गरिरहेको पुष्टि भए पनि प्रशासन अझै मौन छ।
गत महिना मंगलसेनको एक होटलमा सेती सप्लायर्सद्वारा आपूर्ति गरिएका म्याद गुज्रेका चिसो पेय पदार्थ भेटिए।
तर, जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई जानकारी दिइए पनि सप्लायर्ससँग सामान्य सोधपुछसमेत गरिएको छैन।
स्थानीय बजारमा बेला–बेला म्याद गुज्रेका सामग्री भेटिनु सामान्यजस्तै मानिने गरिएको छ।
तर, सेती सप्लायर्सले यसलाई निरन्तरको ‘व्यवसायिक अभ्यास’ बनाएको स्पष्ट देखिँदा पनि प्रशासन चुप बस्नु आश्चर्यजनक छ।
पश्चिम रैवारले वैशाख १३ गते म्याद गुज्रेका वस्तु मंगलसेनका विभिन्न होटलहरूमा पठाइएको विषयमा समाचार प्रकाशित गर्यो।
सो समाचारसहित प्रमुख जिल्ला अधिकारी आनन्द सारुलाई जानकारी गराइए पनि अहिलेसम्म सप्लायर्ससँग स्पष्टिकरणसमेत मागिएको छैन।
संवेदनशील विषय उजागर भएपछि नगरपालिकासहितको संयुक्त टोलीले बजार अनुगमन त गर्यो, तर कारबाही शून्य।
यही उदासीनताले कालोबजारीमा संलग्नहरूलाई हौसला मिलिरहेको स्थानीयको गुनासो छ।
यस विषयमा बुझ्दा सीडीओ सारुले बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिए।
र, यो पनि :
म्याद गुज्रेका सामान बेच्दै सेती सप्लायर्स : मंगलसैनमा भेटीए डेट एक्सपाएर मिरिण्डा
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया