गलत काम भएको दिन राजनीतिमा देखा पर्दिनँ : गृहमन्त्री लेखक

जनकपुरधाम : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने नेपाली युवाबाट अवैध रूपमा रकम असुली गरिएको भन्ने आरोपसँग गृह मन्त्रालयको नाम जोडिएपछि गृहमन्त्री रमेश लेखकले आज स्पष्टोक्ति दिएका छन्।
उनले आफू र मन्त्रालय यस प्रकरणमा संलग्न नरहेको र दोषी जो भए पनि कानुनी कारवाहीको दायरामा आउने बताएका छन्।
शनिबार बिहान धनुषाको पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले आफूले यस विषयमा गम्भीर अनुसन्धान गरिरहेको बताए।
उनले भने, “धेरै कुरा मैले थाहा पाइसकेको छु। आज म यहाँको कार्यक्रम सकेपछि गृह मन्त्रालयबाट विज्ञप्ति आउँछ। दुई चार दिनमै म पनि विस्तृत रूपमा बोल्छु।”
गृहमन्त्री लेखकले अफवाहमा ध्यान नदिन आग्रह गर्दै भने, “जुन दिन म राजनीतिमा आएँ, त्यस्तो कुनै गलत काम भएमा त्यो दिनदेखि म राजनीतिमा देखिन्नँ। मैले जीवनभरी कुनै पार्टीको टाउको निहुरिने काम गरेको छैन।”
यसबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा काण्डसम्बन्धमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
गृहमन्त्रालयले आजै यस विषयमा स्पष्ट पार्ने विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया